पोखरा स्पोर्टस् अवार्ड: ‘उत्कृष्ट प्रशिक्षक’ ह्यूस्टनले प्रायोजन गर्ने
पाेखरा | बैशाख ८, २०८०
पोखरा: ह्यूस्टन एजुकेसनले ‘सातौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड-२०७९’ मा उत्कृष्ट प्रशिक्षकतर्फको पुरस्कार प्रायोजन गर्ने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही वैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा हुने स्पोर्टस् अवार्डलाई सफल पार्न उत्कृष्ट प्रशिक्षकतर्फको पुरस्कार प्रायोजन गर्ने भएको हो । सो सम्बन्धी समझदारी पत्रमा बिहीबार मञ्चका अध्यक्ष दीननाथ बराल र एजुकेशनका तर्फबाट प्रवन्ध निर्देशक पवित्रा थापा मगरविच हस्ताक्षर भएको छ । उत्कृष्ट प्रशिक्षकको पुरस्कार राशी नगद ३५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र रहेको छ ।
पछिल्लो समय वैदेशिक अध्ययनका लागि विद्यार्थीहरुमाझ लोकप्रिय ह्यूस्टन एजुकेशनले मञ्चको आयोजनामा हुन लागेको अवार्डलाई सफल पार्न सहयोग गरेकोमा अध्यक्ष बरालले आफ्नो क्षेत्रबाट ह्यूस्टनकोे प्रबद्र्धनमा आवश्यक सहयोग गर्ने बताए ।
ह्यूस्टनका प्रवन्ध निर्देशक पवित्रा थापा मगरले विगतका वर्षहरुबाट मञ्चको आयोजनामा हुँदै आएको अवार्डमा पहिलो पटक सहकार्य गर्ने अवसरमा पाएकोमा आभार व्यक्त गरिन् । उनले यसलाई आगमी दिनमा पनि यसलाई निरन्तरता दिने वचन दिइन् ।
पोखराको बिपीचोकस्थित ह्यूस्टन एजुकेसनले उच्च शिक्षा अध्ययन गर्न नेपाल बाहिर जान चाहने विद्यार्थीहरुका सहजीकरण गर्दै आइरहेको छ । विशेषगरि ह्यूस्टनमार्फत क्यानडा, अष्ट्रेलिया, यूके, यू।एस।ए, न्यूजिल्याण्ड, आयरल्याण्ड लगायतका देशहरुमा डिप्लोमा, स्नातक, स्नातकोत्तर र रिसर्चमा अध्ययनका लागि अनुभवि प्रशिक्षकहरुद्वारा सहजीकरण हुने गरेको छ ।
सातौं सस्करणको पोखरा स्पोर्टस् अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिनेछ ।
पोखरा स्पोर्टस् अवार्ड कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाडौं लगायतले सहयोग गर्ने तय भैसकेको मञ्चका सचिव शशी कुमार पौडेलले जानकारी दिए ।
यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको सचिव पौडेलले जानकारी दिए ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

